जग्गा हालसाविक गर्दा डेढ लाख घुस

जग्गा हालसाविक गर्दा डेढ लाख घुस


जग्गाको हालसाविक गर्दा सामान्यतया तोकिएको न्यूनतम शुल्क बाहेक अरू कुनै रकम तिर्नु पर्दैन, तर नापी कार्यालयका कर्मचारीले मोटो रकम लाग्ने भन्दै सेवाग्राहीसँग घुस लिने गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा हालसाविक गर्न मोटो रकम घुस माग्ने नापी कार्यालयका सर्वेक्षक पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो ।

जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई घुससहित फक्राउ गरेको छ ।

आयोगका अनुसार नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीले एक सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको पाइएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपीद्वयलाई हिजो बिहीबार नापी कार्यालय साँखु परिसरबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।