बेलायती प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा दिने घोषणा

बेलायती प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा दिने घोषणा


बेलायती प्रधानमन्त्री टेरेसा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् ।

बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफ्नै पार्टी कन्जरभेटिभभित्र विवाद भएपछि प्रधानमन्त्री मे पदबाट राजीनामा दिने मनस्थितिमा पुगेकी हुन् ।

ईयूबाट बाहिरिने प्रक्रिया र उनले गरेको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि उनलाई आफ्नो पदबाट राजीनामा दिन तीव्र दबाब रहँदै आएको थियो ।

विपक्षी लेबर पार्टीसँग पनि आफूले ईयूसँग गरेको सम्झौताका विषयमा छलफल गर्ने प्रधानमन्त्री मेको प्रस्तावलाई लेबर पार्टीका नेता जेरेमी कोर्बेनले ईयूसँग उनले गरेको सम्झौतामा आधारभूत परिमार्जन नभएसम्म प्रधानमन्त्री मेसँग कुनै छलफल र सहमति हुन नसक्ने जनाएपछि उनी थप दबाबमा परेकी थिइन् ।