विमानस्थलमा बरामद नक्कली भारतीय नोटको परिमाण करिब साढे सात करोड

विमानस्थलमा बरामद नक्कली भारतीय नोटको परिमाण करिब साढे सात करोड


शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद नक्कली भारतीय नोटको परिणाम ७ करोड ६७ लाख ९४ हजार रहेको पुष्टि भएको छ ।

कतार एयरवेजबाट काठमाडौं आएका तीनजना यात्रुबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोट बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिएका छन् ।

शुक्रबार बिहान करिब नौ बजे तीनवटा ब्रिफकेसमा सो परिमाणको नक्कली भारतीय नोट ल्याउनेमा तीन पाकिस्तानी रहेका थिए । उनीहरूसहित नोट लिन विमानस्थल पुग्ने तीन नेपाली पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर, मोहमद अख्तर र नोट लिन विमानस्थल पुग्ने नेपाली नागरिक युनुस अन्सारी, सोयर खान र सुजन रानाभाट रहेका छन् । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् ।

pic: rss