पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु


साथीहरुसँग पौडी खेल्ने क्रममा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ स्थित बानियाँटारका १७ वर्षीय विद्यार्थी सौगात ढकालको बिहीबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार ढकाल काठमाडौंमा कक्षा ११ को परीक्षा सकाएर घर आएका थिए । बिदा मनाउन घर आएका ढकाल साथीसँग तादीखोलामा पौडी खेल्न गएकामा खोलामा डुबेर ज्यान गएकोे प्रहरी उपरीक्षक पल्लीमगरले बताए ।

ढकालको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा परीक्षण गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ ।