पाँच अंकले घट्यो नेप्से

पाँच अंकले घट्यो नेप्से


धितोपत्र बजारमा बिहीबार पनि सेयरको कारोबार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ बिन्दुले घटेको छ ।

कुल १७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता शेयर रु. ९३ करोड २६ लाख ४४ हजार ८८७ मूल्यमा खरिद–बिक्री भए । बिहीबार कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटेल ३५ दशमलव ८३, निर्जीवन बिमा ३ दशमलव ७१, अन्य शून्य दशमलव ९२, लघुवित्त एक दशमलव ७० र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ शून्य दशमलव ९५, व्यापार शून्य दशमलव शून्य आठ, विकास बैंक नौ दशमलव २०, जलविद्युत् ६४ दशमलव ७८, वित्त ७ दशमलव शून्य पाँच, उत्पादन शून्य दशमलव पाँच र जीवन बिमा ४४ दशमलव ५३ अंकले घटेको छ । स्टकका अनुसार माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको रु. १५ करोड ५९ लाख ६४ हजार ८४८, हिमालयन डिस्टिलरी रु. सात करोड तीन लाख ३४ हजार २३०, नेपाल बैंक लिमिटेड रु. ६ करोड १४ लाख ७१ हजार ९९५, कृषि विकास बैंक रु. चार करोड १० लाख ३२ हजार २७, शिवम् सिमेन्ट रु. तीन करोड ९७ लाख ९२ हजार ९२६ र जनता बैंकको रु. दुई करोड ९३ लाख ६० हजार ४०४ मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९५ प्रतिशतले कमाए । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ६३, सिभिल लघुवित्त वित्तीय संस्था ४ दशमलव ९३, समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ४५ प्रतिशतले कमाए ।

यस्तै, आज (बिहीबारै)देखि कारोबार शुरु भएको हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ९ दशमलव ७२, हिमालयन पावर पार्टनर ९ दशमलव ७०, घलेम्दी हाइड्रो पावर ८ दशमलव ५७, युनाइटेड मोदी ८ दशमलव ५२ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ७ दशमलव ६९ प्रतिशतले गुमाएका छन् ।