अन्तर्राष्ट्रिय हाइस्कुल कराते हुँदै

अन्तर्राष्ट्रिय हाइस्कुल कराते हुँदै


नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार हाइस्कुल केन्द्रीय कमिटीको आयोजनामा २४औँ अन्तर्राष्ट्रिय हाइस्कुल कराते प्रतियोगिता यही जेठ १३ गते सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र भुटानका करिब एक हजार तीन सय खेलाडीको सहभागिता हुने कार्यक्रम संयोजक गजेन्द्रबहादुर खपांगी ईश्वरले जानकारी गराए ।

पुरुषतर्फको जुनियर तथा क्याडेट इभेन्टसमा २०, २३, २५, २७, ३०, ३३, ३५, ४० एकल काता र पुरुषकै सिनियरतर्फ ४५, ५०, ५५, ६० र ६७, ७५, ८४ किलो र एकल काता गरी १८ इभेन्ट्स र महिलातर्फ जुनियर तथा क्याडेट २०, २३, २५,२७, ३०, ३३, ३५, ४० एकल काता र महिलाकै सिनियरतर्फ ४५, ५०, ५५, ६१ र ६७ र ६८ किलो तौल समूहमा हुनेछ ।

त्यस्तै, एकल काता गरी १६ इभेन्ट्स गरी कुल ३४ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने संयोजक खपांगी ले बताए । विगत २३ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगितालाई भविष्यका कराते खेलाडीका निम्ति उत्कृष्ट प्लेटफर्मका रूपमा लिने गरिएको छ । दुई दिनसम्म चल्ने उक्त प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सञ्चालन हुनेछ ।