लर्डबुद्ध र लुम्बिनीलाई उपाधि

लर्डबुद्ध र लुम्बिनीलाई उपाधि


लर्डबुद्ध र लुम्बिनीले एसईई थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लर्डबुद्ध छात्र तथा लुम्बिनी छात्रमा च्याम्पियन बने ।

मल्पीद्वारा आयोजित प्रतियोगिताको छात्र फाइनलमा लर्डबुद्धले एनसीआरपीलाई १९–१६ ले पराजित गऱ्यो । लर्डबुद्धका राजीव आलेमगरले १० अंक जोडे । विजेताले १० हजार तथा उपविजेताले पाँच हजार नगद पुरस्कार हात पारे ।

छात्रा फाइनलमा लुम्बिनीले टेरेसालाई १४–१० ले हरायो । लुम्बिनीकी सुमन्ता थापाले ६ अंक जोडिन् । लुम्बिनीले आठ हजार तथा टेरेसाले चार हजार नगद पुरस्कार पाए ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय राजीव र सुमन्ता आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई मल्पीकी प्रिन्सिपल जाना थापाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । छात्रमा ४८ तथा छात्रमा आठ टिम सहभागी थिए ।