राष्ट्रिय बास्केटबलमा कीर्तिपुर र ग्रेट माया सेमिफाइनलमा

राष्ट्रिय बास्केटबलमा कीर्तिपुर र ग्रेट माया सेमिफाइनलमा


कीर्तिपुर र ग्रेट माया तेस्रो यू–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँबजारस्थित प्राइम कलेजको कोर्टमा भएको खेलमा कीर्तिपुरले ज्ञाननिकेतनलाई ५९–४८ ले पराजित गऱ्यो । कीर्तिपुरको जितमा रुजन महर्जनले २६ अंक योगदान गरे । जाङबु शेर्पाको २६ अंक सहयोगमा ग्रेट मायाले विल्सनलाई ६०–५७ को झिनो अन्तरले हरायो ।

नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा पिपुल्स एकेडेमी र साउथ साइडर्स पनि सेमिफाइनलमा पुग्न सफल भए । पिपुल्सले विद्या सागरलाई ५५–३१ ले पाखा लगायो । पिपुल्सका धीरेन कठायतले १८ स्कोर गरे । साउथ साइडर्सले हिमालयमाथि ७३–५८ को जित दर्ता ग¥यो । विजयी टिमका लागि सिजन महतोले २५ अंक जोडे । सेमिफाइनलमा कीर्तिपुरको भेट ग्रेट मायासँग हुनेछ भने पिपुल्सले साउथ साइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।