भारतीय लिगमा सावित्राको उत्कृष्ट प्रदर्शन

भारतीय लिगमा सावित्राको उत्कृष्ट प्रदर्शन


भारतको पञ्जाबस्थित गुरु नानक रंगशालामा भएको भारतीय लिगमा नेपाली चर्चित महिला खेलाडी सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । भण्डारीको निर्णायक गोलसँगै उनले खेल्ने तमिलनाडुको टोली सेथु एफसीले भारतमा आयोजित भारतीय महिला फुटबल लिग, इन्डियन विमिन्स लिग, आईडब्लूएलको उपाधि जितेको हो ।

बीबीसीका अनुसार भारतको पञ्जाबस्थित गुरु नानक रंगशालामा भएको फाइनलमा सेथु स्पोर्ट्सले मणिपुर पुलिस स्पोर्ट्स क्लब विरुद्ध १ गोलले पछि परेको अवस्थामा ३ गोल फर्काउँदै उपाधि आफ्नो पक्षमा पारेको हो । प्रतिद्वन्द्वी मणिपुर पुलिसविरुद्धको लिगको पहिलो खेलमा मैदान छिरेको २८ सेकेन्डमा नै गोल गरेर प्रतियोगिताको शुरुआत गरेकी स्ट्राइकर सावित्राले सोही क्बल विरुद्धको फाइनलमा उपाधि जिताउने २ गोल गरेर भारतीय लिगको व्यावसायिक खेल यात्रा टुंग्याएकी छिन् ।

खेल १–१ को बराबरीमा चलिरहेको बेला सावित्राले खेलको ६१ औं मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् भने ७० औं मिनेटमा अर्को गोल थप्दै उपाधि पक्का गरेकी थिइन् । स्ट्राइकर भण्डारी सहित नेपाली मिडफिल्डर अनिता बस्नेतले भारतीय लिगमा पहिलो पटक यो सिजनमा प्रवेश गरेका हुन् ।