बालमस्तिष्कमा क्रिस्चियानिटी

बालमस्तिष्कमा क्रिस्चियानिटी


  • बबिता बस्नेत

यही ०७६ जेठ ४ गते शनिबार बिहान एक हुल ससाना बच्चा लाइन लागेर हाम्रो घरको बाटो हुँदै अगाडि बढ्दै थिए । बच्चाहरूको साथमा रहेकी एक महिलालाई आमाले ‘आज त शनिबार होइन, बच्चाहरूलाई कता लान लागेको ?’ भनेर सोध्नुभयो । उनले चर्च लान लागेको भनिन् । ‘चर्च त आइतबार जाने होइन र ?’ बाटोमा उभिएका छिमेकमै बस्नेले केटाकेटीलाई हेर्दै भने । जवाफ नदिईकन बच्चाहरू लुरुलुरु अघि बढे, बाबुआमाबाट टाढा रहेर शहरको एउटा घरमा पराई मानिसहरूसँग बसिरहेका ती अबोध बच्चाहरूले जवाफ दिने कुरा पनि थिएन । बच्चाका साथमा अरू बेला प्रायः विदेशी युवायुवतीहरू देखिन्थे, त्यस दिन भने नेपाली युवतीले नै उनीहरूलाई चर्च लाँदै थिइन् ।

तीन–चार वर्षदेखि सात–आठ वर्षका बीचका लाग्ने ती बच्चाहरूलाई चर्च जाँदै गरेको देखेर मनमा लाग्यो– यो बालमस्तिष्कमा खुलेआम क्रिस्चियानिटीको बिउ रोपिँदै गर्दा सबै चुपचाप छन् । कसैले पनि यस्तो किन भइरहेको छ ? यी बच्चाहरूलाई चर्चमा प्रार्थना गर्न लगाउने तिमीहरू को हौ भनेर प्रश्न गरेको छैन । म यही समाजको प्रतिनिधि यो के गरेको ? भनेर किन प्रश्न गर्न सकिनँ ? धेरैबेरसम्म यस्तै कुराहरूले मनमा ठाउँ लिइरह्यो ।

ललितपुरको बागडोल वरपर विभिन्न ठाउँमा चर्च मात्रै होइन, बालबालिकागृह पनि बढिरहेका छन् । बिहानबेलुका हुलका हुल बच्चाहरूलाई लाइन लगाएर चर्च, आवासगृह र स्कुलतिर लग्दै गरेका दृश्यहरू उक्त क्षेत्रमा सामान्य हुन् । नेपाली भाषा बोल्ने विदेशीहरूको बसोबास पनि बागडोलमा धेरै छ । मर्निङवाक, इभिनिङवाक, तरकारी पसल जताततै विदेशी युवायुवती भेटिन्छन् । उनीहरूको काम बालबालिकागृहमा बच्चाहरूलाई क्रिस्चियन धर्म सिकाउनु हो ।

अरूलाई त भएन–भएन, म यो देशको मान्यताप्राप्त पत्रकार (एक्रेडिटेट जर्नलिस्ट) मैले अहिलेसम्म तिमीहरू को हौ ? यी बच्चाहरू कहाँबाट ल्यायौ ? बालमस्तिष्कमा क्रिस्चियानिटीको बिउ रोप्ने अधिकार तिमीहरूलाई कसले दियो ? भनेर सोधेको छैन ।

ललितपुरको बागडोलमा रहेका हाम्रो घरभन्दा दुई घर तलको एउटा घरमा २५–३० जनाजति बच्चा राखिएको छ । तिनको हेरचाहमा केही नेपाली खटिएका भए पनि विदेशीहरूको बाक्लो आवातजावत हुने गर्छ । बच्चाहरूलाई बाहिर लाने र ल्याउने प्रायः विदेशीनै हुने गर्छन् । ती बच्चाहरू कहाँबाट ल्याएर त्यहाँ राखियो ? तिनका बाबुआमा सबै क्रिस्चियन त छैनन् होला, तिनलाई चर्च किन लगिँदै छ ? ती बच्चाहरूको अवस्था के–कस्तो छ ? उनीहरूमाथि कुनै दुव्र्यवहार त छैन ? बच्चाहरूलाई त्यसरी राख्ने स्वीकृति उनीहरूले कहाँबाट ल्याए ? त्यो बालगृहको मुख्य मान्छे को हो ? समाजमा कसैलाई चासो भएजस्तो लाग्दैन ।

अरूलाई त भएन–भएन, म यो देशको मान्यताप्राप्त पत्रकार (एक्रेडिटेट जर्नलिस्ट) मैले अहिलेसम्म तिमीहरू को हौ ? यी बच्चाहरू कहाँबाट ल्यायौ ? बालमस्तिष्कमा क्रिस्चियानिटीको बिउ रोप्ने अधिकार तिमीहरूलाई कसले दियो ? भनेर सोधेको छैन । बिहान उठ्यो काममा हिँड्यो, बेलुका फर्कियो, फेरि आफ्नै रुटिन दिनचर्या । यो रिपोर्टिङको विषय हो भन्ने लाग्दालाग्दै पनि रिपोर्टिङ त के सोधी–खोजीसमेत गरेको छैन । अहिले यहाँ मात्र होइन, गाउँ, शहरका धेरै टोलमा यस्तै भइरहेको होला । तर, हामी चुपचाप छौँ ।

झट्ट हेर्दा गरिब बालबालिकालाई कहाँ–कहाँदेखि ल्याएर पढाइरहेका छन्, के गरेको ? भन्न पनि अप्ठ्यारो छ । स्कुल किन पढायौ ? सहयोग किन ग¥यौ ? भन्न मिलेन । यस्ता बालगृहका लागि स्वीकृति के भनेर लिएका छन् भन्ने मात्रै हो । यी बालगृहमा बच्चाहरू कसरी बसेका छन् भनेर कसैले अनुगमन गरेजस्तो लाग्दैन । यी बच्चाहरू कहाँबाट ल्याएका रहेछन् भनी एकपटक छिमेकीलाई सोधेकी थिएँ, गोराहरूले गाउँगाउँबाट खोजेर ल्याका रे भन्ने जवाफ पाएँ । म घरमा भएका बेला ती बच्चाहरू घरअगाडिको बाटो जब हिँड्छन्, मनमा अनेक प्रश्न उठ्छ– यिनका बाबुआमा कहाँ होलान् ? के तिनीहरू सबै क्रिस्चियन नै होलान् त ? प्रश्न यतिमा मात्र रोकिँदैन । देशमा हिन्दुत्वको रक्षा गर्न हामीले के ग¥यौँ ? हिन्दूधर्मको वकालत गर्ने सङ्घसंस्थाहरूले के गरे ? केही दिनअघि मातृभूमिका लागि नेपालीको कार्यक्रममा डा. सुन्दरमणि दीक्षितले भन्नुभएको थियो, अब हिन्दू–हिन्दू भनेर मात्र हुँदैन, परोपकारका काम पनि गर्नुपर्छ । यो कुरा मेरो मनमा धेरैपल्ट आएको हो ।

डेनिस जनताको तर्फबाट सहयोगी संस्था डान चर्च छ, फिनल्यान्डका जनताको फिन चर्च छ, क्रिस्चियन धर्मावलम्बीहरूले आफ्नो गाँस काटेर क्रिस्चियन एड खडा गरेका छन् । यी सबैले जोसुकै धर्मावलम्बी हुन विभेद नगरी विश्वभरि सहयोग गर्छन् । खान फाउन्डेसनलगायतका संस्थाले मुस्लिम समुदायबाट सहयोग जुटाई आपत्विपत्मा सहयोग गर्छन् । तर, हाम्रो मन्दिर एड या हिन्दू एड वा फाउन्डेसन खै त ? हामीले आपत्विपत् या अप्ठ्यारोमा परेका बेला गुहार्ने हिन्दू सहयोग संस्था कहाँ छ ? हिन्दुत्वको रक्षा गर्न चाहनेले आफूलाई पुनरावलोकन गरेर सोहीअनुरूपका कार्यक्रम अघि सार्नु आवश्यक छ ।

मानिस हुनुका दुःख जीवनमा अनेक छन् । कसैलाई भएर दुःख छ, कसैलाई नभएर दुःख छ । कोही गरिब भएर दुःखी छन्, कोही धनी भएर दुःखी छन् । कोही सन्तानका कारण दुःखी छन्, कोही सन्तान नभएकाले दुःखी छन् । कोही विवाह नभएर दुःखी छन्, कोही विवाहका कारण हैरान छन् । कोही शारीरिक रूपले बिरामी छन्, कसैलाई मानसिक तनाव छ । धर्म परिवर्तनका लागि क्रिस्चियनले यी सबै कुरामा खेलिरहेको पाइन्छ ।

नेपाल विश्वमै अहिले तीव्र गतिमा क्रिस्चियन र चर्चको सङ्ख्या बढिरहेको मुलुक हो । अमेरिका, युरोपका नामी अखबारहरूले गरिबलाई पैसा बाँडेर, लोभ देखाएर गर्ने गरिएको धर्म परिवर्तन भनी बेलाबेलामा अनुसन्धनात्मक फिचरहरू प्रकाशित गरिरहेका छन् । भूकम्पका बेला सहयोगका साथमा बाइबल बाँडेको त हामीलाई थाहा भएकै कुरा हो । अन्य धर्मावलम्बी र क्रिस्चियनबीचको ठूलो अन्तर के हो भने जसरी पनि धर्म परिवर्तन गराउनु उनीहरूको सफलता हो । जसका लागि मानिसको भावना र दुःखसँग उनीहरूले सजिलै खेलिदिन्छन् ।

मानिस हुनुका दुःख जीवनमा अनेक छन् । कसैलाई भएर दुःख छ, कसैलाई नभएर दुःख छ । कोही गरिब भएर दुःखी छन्, कोही धनी भएर दुःखी छन् । कोही सन्तानका कारण दुःखी छन्, कोही सन्तान नभएकाले दुःखी छन् । कोही विवाह नभएर दुःखी छन्, कोही विवाहका कारण हैरान छन् । कोही शारीरिक रूपले बिरामी छन्, कसैलाई मानसिक तनाव छ । धर्म परिवर्तनका लागि क्रिस्चियनले यी सबै कुरामा खेलिरहेको पाइन्छ । जुन कुराको आफ्नो धर्म बदनाम नहोस् भन्ने मान्यता राख्ने क्रिस्चियनहरूले नै विरोध गर्दै आएका छन् ।

केही वर्ष अघिसम्म उनीहरूको लक्षित वर्ग वालिग उमेरका मानिसहरू थिए । आपत्विपत्मा उनीहरूले हे राम र नारायण–नारायण भन्दै भगवान् गुहारे । किनभने क्रिस्चियन बने पनि उनीहरूको बालमस्तिष्कमा प्रभु होइन भगवान् नै बसेका थिए । पछि क्रिस्चियन बन्ने–बनाउने अभियानमा अहिले धेरैको परिवार बिचल्लीमा परेको छ । कतिले चाहिँ पछि अपनाएको धर्म छोडर पुनर्मिलनमा गएका छन् । त्यसैले अहिले क्रिस्चियनहरूले बालबालिकालाई आफ्नो लक्षित बर्ग बनाइरहेका छन् । बालमस्तिष्कमै क्रिस्चियन धर्मको बिउ रोपिदिएपछि त्यसले दीर्घकालीन रूपमै दिगो रूप लिनेछ । दीर्घकालीन रणनीतिअनुरूप भइरहेका यसप्रकारका अपराध रोक्नका लागि सरकारले तत्काल सक्रियता देखाउनुपर्छ । नत्र अबको केही वर्षपछि नेपाल विश्वमानचित्रमा क्रिस्चियन बाहुल्य र सरकार भएको मुलुक भनी नचिनिएला भन्न सक्ने अवस्था देखिँदैन ।