नेप्से चार अंकले वृद्धि

नेप्से चार अंकले वृद्धि


धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.४२ बिन्दुले बढेर एक हजार ३१२.१४ अंकमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अंकमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कुल १७३ कम्पनीको ३१ लाख दुई हजार २८४ कित्ता शेयर रु ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा खरिद–बिक्री भए ।

कारोबबार भएका कुल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अंकले घटेको छ । यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटेल २.५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बिमा २८.०६, जीवन बिमा ४२ र सामूहिक लगानी कोष ०.०५ अंकले वृद्धि भएको छ ।

स्टकका अनुसार नेपाल बैंकको रु. आठ करोड ६६ लाख २८ हजार ६२१, शिवम् सिमेन्ट रु. छ करोड ८८ लाख ३४ हजार ३२४, बुटवल पावर कम्पनी रु. पाँच करोड ९६ लाख ४८ हजार २९०, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु. चार करोड ९६ लाख ९७ हजार ५२५, सानिमा माई हाइड्रो पावर रु. चार करोड २५ लाख ९० हजार ५५४, प्राइम बैंक रु. दुई करोड ४७ लाख १० हजार ४४१ को कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार मल्टी पर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए । यस्तै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, रिलायन्स फाइनान्स ९.७०, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३ प्रतिशतले कमाए । त्यस्तै समिट लघुवित्त वित्तीय संस्था ७.०५, सिन्धु विकास बैंक ५.२२, घलेम्दी हाइड्रो पावर ४.९१, हिमालयन डिस्टिलरी ४.५५, मिथिला लघुवित्त वित्तीय संस्था ४.४३, एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले ३.६८ गुमाएका छन् । स्टकमा मंगलबार हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको कुल ९९ लाख साधारण शेयर सूचीकृत भएको छ ।