उसुकी लक्ष्मी तामाङ उदीयमान खेलाडी

उसुकी लक्ष्मी तामाङ उदीयमान खेलाडी


दोस्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ जेठ ६ गते सोमबार उदीयमान खेलाडी घोषित भएकी छिन् । सोबापत लक्ष्मीलाई प्रोत्साहनस्वरूप सिनियर खेलाडीले रकम संकलन गरी पाँच हजार पाँच सय नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत पुरुष छान् छ्वानमा बलम्बु माविका मेमबहादुर लो र महिलामा बुद्ध प्रकाशकी मनिका थापा तथा पुरुष नान छ्वानमा बुद्ध प्रकाशका छिरिङ लामाले स्वर्ण जिते । पुरुष थाइची छ्वानमा बुद्ध प्रकाशका आकाश लुङगेली तथा महिलामा बुद्ध प्रकाशकै मारिया राई पहिलो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल, आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपोनलगायतले पुरस्कृत गरे ।