करातेका एकै परिवारका भण्डारीत्रय सम्मानित

करातेका एकै परिवारका भण्डारीत्रय सम्मानित


युरो स्कुल गोंगबु, बानियाँटारले पदकविजेता खेलाडीत्रय आर्यमन भण्डारी, शिवा भण्डारी र आरती भण्डारीलाई जेठ ६ गते सोमबार सम्मान गरेको छ ।

तीनै खेलाडीले गत वैशाखमा ललितपुरमा भएको प्रथम वडाध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका थिए । तीनै खेलाडीले युरो स्कुलका कराते खेलाडीलाई प्रशिक्षण पनि दिइरहेका छन् ।

एकै परिवारका उनीहरूलाई टोखा नगरपालिका वडा ८ का अध्यक्ष केशवबहादुर खत्री, युरो स्कुलका निर्देशक राजन कार्कीलगायतले सम्मान गरेका हुन् ।