लायन्स क्लब सप्तरीको नयाँ कार्यसमिति

लायन्स क्लब सप्तरीको नयाँ कार्यसमिति


लायन्स क्लब सप्तरीको आगामी वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । लायन्स क्लब डिष्ट्रिक्ट तीनसय पचिस एटु अन्तर्गत सप्तरीको आइतबार (५ जेठ) बसेको बृहद जिल्ला भेलाले दिनेशकुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बौवालाल यादव, सचिवमा डोमन साह र कोषाध्यक्षमा मालकुमारी कर्णलाई सर्वसम्मत चयन गरिएको छ ।

लायन्स क्लब सप्तरी अध्यक्ष धीरेन्द्रप्रसाद साहको अध्यक्षतामा आयोजित भेलामा लायन्स क्लब मार्केटिङ चिफ मनोजकुमार सापकोटाको प्रमुख आतिथ्य तथा रिजन चेयर पर्सन शंकर शारदाको विशिष्ट अतिथिमा चयन गरिएको नयाँ कार्यसमितिको कार्यभार आउँदो जुलाईदेखि प्रारम्भ हुने सञ्चार निर्देशक माल कर्णले जानकारी दिएका छन् ।

सोही कार्यक्रममा जिल्ला वार एशोसिएशन अध्यक्षमा निर्वाचित लायन्स क्लब सप्तरी सचिव डोमन साहलाई फूलमाल अविर लगाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुले अहिलेको कार्यसमितिलाई धन्यवाद तथा नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।