भाग्यले बाँचेकी सीताको बयान : ‘हत्यारा मुकुन्डो लगाएर आएका थिए’

भाग्यले बाँचेकी सीताको बयान : ‘हत्यारा मुकुन्डो लगाएर आएका थिए’


भाग्यले भागेर बाँचेकी सीता खुजुमले प्रहरीमा दिएको बयानले हत्याराहरु मुकुण्डो लगाएर आएको पुष्टि भएको छ । उनका अनुसार धारिलो हतियारसहित आएका हत्यारा सबैले मुकुन्डो लगाएका थिए ।

उनिहरुको आक्रमण प्रयासबाट भागेर ज्यान जोगाएकी सीताको हात भाँचिएको छ । उनको अवस्था निकै गम्भिर भएकोले उनलाई उपचारका लागि सदरमुकाम फिदिम ल्याइएको प्रहरीले जनाएको छ ।

सोमबार राति हतियारधारी अज्ञात समूहले सोमबार ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । निकै विभत्सपूर्ण तवरबाट भएको यस घटनामा ४१ वर्षीय धनराज शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम लिम्बू र ६ वर्षीया इक्सा शेर्मा रहेका छन् । उता, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको प्रहरीले जनाएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार दुवै परिवारको हत्या पारिवारिक रिसिबी नै कारण हुनसक्ने देखाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय फिदिमले जनाएको छ ।