प्रेस युनियन कास्कीमा अवार्ड स्थापना

प्रेस युनियन कास्कीमा अवार्ड स्थापना


नेपाल प्रेस युनियन कास्कीले कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अवार्ड स्थापना गरेको छ ।

कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्ये उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । कार्यसमितिका अध्यक्षबाहेक अन्य पदाधिकारी एवं सदस्यलाई प्रदान गरिने अवार्डको राशि रु पाँच हजार नगदसहित प्रशंंसापत्र रहेको युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिए ।

नेपाल प्रेस युनियनको २८औँ स्थापना दिवसको अवसरमा जेठ १३ गते पोखरामा अवार्ड प्रदान गरिनुका साथै वर्तमान अवस्थामा प्रेस स्वतन्त्रताको अवस्था र प्रेस युनियनको भूमिका विषयक अन्तरक्रिया गरिने उनले जानकारी दिए ।

कार्यक्रमको तयारीका लागि सदस्य सन्तोष सुवेदी संयोजक तथा विजय नेपाली, सुवाष आचार्य, अनिषा श्रेष्ठ र कमल पौडेल सदस्य रहेको समिति गठन गरिएको छ ।