कांग्रेसले गठन गऱ्यो छाया सरकार

कांग्रेसले गठन गऱ्यो छाया सरकार


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । केपी ओलीको नेतृत्वका सरकार गठन भएसँगै सरकारको कामलाई सूक्ष्म रूपमा अनुगमन गर्न छाया सरकार गठनको तयारीमा लागेको कांग्रेसले सरकार गठन भएको करिब १६ महिनापछि सोमबार यसको घोषणा गरेको हो ।

छाया सरकार गठनमा एउटै मन्त्रालयमा धेरै सांसदले दाबी गरेपछि यसको गठनमा ढिलाइ भएको हो । कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकार गठन गरिएको प्रमुख सचेत बालकृष्ण खाणले बताए ।

छाया सरकारमा पार्टीका सांसदहरूलाई छुट्टाछुट्टै मन्त्रालय हेर्ने गरी एकजना संयोजक र अरू दुईजना सहसंयोजक तोकिएका छन् । कांग्रेसको छाया सरकारमा दिलेन्द्रप्रसाद बडूले गृह मन्त्रालय हेर्ने जिम्मेवारी पाएका छन् भने डा. मीनेन्द्र रिजाललाई अर्थ मन्त्रालयको निगरानी गर्ने अवसर मिलेको छ ।

कुन मन्त्रालयको छाया मन्त्री को ?

अर्थ मन्त्रालय
डा. मीनेन्द्र रिजाल, संयोजक
मीना पाण्डे
विनोदकुमार चौधरी

गृह मन्त्रालय
दिलेन्द्रप्रसाद बडू, संयोजक
रमेशजंग रायमाझी
महेन्द्रकुमारी लिम्बू

ऊर्जा, जलस्रोत तथा सिँचाइ
ज्ञानेन्द्रबहादुर कार्की, संयोजक
सत्यनारायण खनाल
ज्ञानकुमारी छन्त्याल

परराष्ट्र मन्त्रालय
डा. नारायण खड्का, संयोजक
डा. अमेरशकुमार सिंह
दिव्यमणि राजभण्डारी

सहरी विकास मन्त्रालय
उमाकान्त चौधरी, संयोजक
मीनाक्षी झा
रामबहादुर विष्ट

युवा तथा खेलकुद मन्त्रालय
किशोरसिंह राठौर, संयोजक
रंगमति शाही
दुर्गाप्रसाद उपाध्याय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
मीनबहादुर विश्वकर्मा, संयोजक
विन्दादेवी आले राना
कर्मा घले

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
गगनकुमार थापा, संयोजक
उमेश श्रेष्ठ
नमिताकुमारी चौधरी

खानेपानी मन्त्रालय
सुजाता परियार, संयोजक
मीना सुब्बा
नागेन्द्रकुमार राय

स्वास्थ्य तथा जनसंख्या
पार्वता डीसी चौधरी, संयोजक
सीताराम महतो
मोहन आचार्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
देवेन्द्रराज कँडेल, संयोजक
प्रकाश स्नेही रसाइली
प्रमिला राई

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
डा. डिला संग्रौला पन्त, संयोजक
प्रकाश पन्थ

सञ्चार तथा सूचना प्रविधि
बहादुरसिंह लामा, संयोजक
सूर्यबहादुर केसी
विमला नेपाली

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लक्ष्मी परियार, संयोजक
प्रमोदकुमार यादव
स्मृतिनारायण चौधरी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
अतहर कमाल मुसलमान, संयोजक
तेजुलाल चौधरी
धनकुमारी खतिवडा

कृषि तथा पशुपक्षी मन्त्रालय
पद्मनारायण चौधरी, संयोजक
अनिता देवकोटा
सरवत आरा खानम हलुवाइनी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
उमा रेग्मी, संयोजक
लालकाजी गुरुङ
हिरा गुरुङ

रक्षा मन्त्रालय
भीमसेनदास प्रधान, संयोजक
अभिषेकप्रताप शाह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सञ्जयकुमार गौतम, संयोजक
जीपछिरिङ लामा
देवप्रसाद तिमिल्सिना

वन तथा वातावरण मन्त्रालय
राजेन्द्रकुमार के.सी., संयोजक
मुक्ताकुमारी यादव

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
राधेश्याम अधिकारी, संयोजक