मुवाँथाईमा स्वर्ण विजेता पलिस्था सम्मानित

मुवाँथाईमा स्वर्ण विजेता पलिस्था सम्मानित


थाइल्यान्डको बैंककमा आयोजना भएको १६औँ विश्व मुवाँथाईकी स्वर्ण विजेता पतिस्था कक्षपति सम्मानित भएकी छिन् । हालै काठमाडौंमा सम्पन्न इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपकी पनि स्वर्ण विजेता पलिस्थालाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो ।

पलिस्थालाई प्लाटिनमका सञ्चालक तथा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय पदकविजेता सचित प्रधान, राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, सचिन प्रधान र सुमित्रा गुरुङले सम्मान गरेका हुन् । पलिस्थाले विश्व मुवाँथाई च्याम्पियनसिपमा ३० केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् ।