ताजकिस्तानको जेलभित्र भएको दङ्गामा ३२ को मृत्यु

ताजकिस्तानको जेलभित्र भएको दङ्गामा ३२ को मृत्यु


ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको दङ्गामा परेर मारिएका व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका सम्बद्ध अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ, तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको एएफपीले जनाएको छ ।