चोरी घटनाका अभियुक्त पक्रन प्रहरीद्वारा गोली प्रहार

चोरी घटनाका अभियुक्त पक्रन प्रहरीद्वारा गोली प्रहार


काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । चोरीको घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरीले गोली नै चलाएको हो ।

प्रहरीका अनुसार चोरीको घटनामा संलग्न भएका अभियुक्त काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार गरेका थिए । त्यसको जवाफी कारबाहीमा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । तामाङमा टोखामा रहेको सूचना पाएपछि प्रहरीको टोली उनलाई पक्रन सोमबार बिहानै ८ बजे त्यसतर्फ पुगेको थियो ।

तामाङमाथि विभिन्न सातवटा चोरीका घटनामा संलग्न रहेको आरोप लागेको छ । घाइते तामाङको अहिले वीर अस्पतालमा उपचार भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

तामाङ विगत ६ वर्षदेखि फरार रहँदै आएको प्रहरीले जनाएको छ ।