प्रहरी जवानलाई १० हजारले डुबायो !

प्रहरी जवानलाई १० हजारले डुबायो !


घुस लिनेलाई पक्राउ गर्ने ब्यक्तिले नै घुस लिएभन्दा अचम्म लाग्छ । तर यो सत्य हो । नेपालमा पछिल्लो समय अख्तियार दुरुपयोग भए नभएको निगरानी राख्नेदेखि शन्ति सुरक्षा र घुस खाने ब्यक्तिलाई समात्नेहरु नै खुलेआम घुस खान थालेका छन् ।

यस्तैमध्ये बुटवलमा सशस्त्र प्रहरीका जवान सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परे । रुपन्देहीको सशस्त्र प्रहरीबल नेपाल नंं ४१ गुल्म बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान भेषेन्द्र केसी सेवाग्राहीसँग लिएको नगद १० हजारसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलयले जनाएको छ ।

पक्राउ परेका केसी सशस्त्र प्रहरीका घुमुवा जवान रहेको अख्तियारले जनाएको छ ।
भन्सारमा समान छुटाईदिने भन्दै सेवाग्राहीसँग लिएको नगद १० हजारसहित बुटवल दिपनगरबाट आइतबार साँझ ६ बजे केसीलाई पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । ‘नियमित घुस रकम नदिए सामग्री पक्राउ गरिदिने भन्दै सेवाग्राहीसँग मासिक रुपमा घुस लिदै आएको गुनासो आइरहेको थियो ।’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा उनलाई रंगेहात पक्राउ गरिएको हो ।’