पौडी खेल्ने क्रममा बझाङे युवाको मृत्यु

पौडी खेल्ने क्रममा बझाङे युवाको मृत्यु


काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ ।

गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो ।