राजपा अध्यक्षमण्डलका संयोजकमा अनिल झा

राजपा अध्यक्षमण्डलका संयोजकमा अनिल झा


राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिल झाले पाएका छन् ।

पाँचवटा मधेसकेन्द्रित दल मिलेर राजपा बनेकै समयमा चक्रीय प्रणालीअनुसार अध्यक्षमण्डलको नेतृत्व गर्ने समझदारी बनेअनुसार झाले सोमबारदेखि राजपाको संयोजकको जिम्मेवारी पाएका हुन् ।

यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादवले अध्यक्षमण्डलको संयोजकका रूपमा काम गरिसकेका छन् भने अहिले शरतसिंह भण्डारी अध्यक्षमण्डलको संयोजकका रूपमा छन् ।

राजपाले महाधिवेशन गर्ने समय पनि एक वर्ष बढाएको छ । जेठ २ गतेदेखि ४ गतेसम्म भएको राजपा अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो । बैठकले आगामी महाधिवेशनपछि पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने गरी विद्यान संशोधन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले विधान संशोधन गरी तीन वर्षभित्र महाधिवेशन गर्ने उल्लेख गरेको छ । यसअघि दुई वर्षभित्र महाधिवेशन गरिसक्ने व्यवस्था विधानमा उल्लेख भए पनि अब महाधिवेशन गर्ने समय थप एक १ वर्ष बढाएको छ ।