बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु


बैतडीको दशरथचन्द नगरपालिकामा जिप दुर्घटना हुँदा जिपमा सवार तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका १० का अन्दाजी ४५ वर्षका हिराबल्लभ भट्ट र ६० वर्षजतिकी नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक एक पुरुषको सनाखत भएको छैन ।

दशरथचन्द नगरपालिका– ११ नानीगाडमा आइतबार दिउँसो म.१ख ४९२१ नम्बरको जिप दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।

देहीमाडौंबाट गिरिगाडा जाँदै गरेको सो जिप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ ।