एक घन्टासम्म धरधरी रोए मोरङका पत्रकार

एक घन्टासम्म धरधरी रोए मोरङका पत्रकार


संसदमा पेस भएको मिडिया काउन्सिल विधेयक पारित भए पत्रकार रुनुपर्ने अवस्था आउने भन्दै मोरङका पत्रकारले आइतबार यसको विरोध गरेका छन् । सो विधेयकको विरोधस्वरूप प्रशासन परिसरमा आयोजित विरोध कार्यक्रममा उनीहरू रोएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी पत्रकार डाको छाडेरै करिब एक घन्टासम्म रोएका थिए । खबरदारीस्वरूप आजको विरोध प्रदर्शनमा रोएर व्यंग्यात्मक विरोध गरेको प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले बताए । उनले भने, ‘विधेयक पारित भए पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना हुनेछ ।’ यसै विषयलाई उठान गर्न उनीहरू सो कार्यक्रममा धरधरी रोएका हुन् ।

काम गर्दासमेत नियमित रूपमा तलब नपाइरहेको अवस्थामा यस विधेयकले पत्रकारमाथि थप चुनौती थपेको उनीहरूको भनाइ छ ।