कान्तिपुर हाफ म्याराथन जेठ ११ गते

कान्तिपुर हाफ म्याराथन जेठ ११ गते


कान्तिपुर हाफ म्याराथनको नवौँ संस्करण जेठ ११ गते हुने भएको छ । कान्तिपुर पब्लिकेसनले पत्रकार सम्मेलन आयोजना गर्दै सोबारे जानकारी गराएको हो । प्रतियोगितामा हाफ म्याराथन, ह्विलचेयर र कर्पोरेट–मिडिया स्पर्धा समावेश छन् । ह्विलचेयर तीन किलोमिटरको हुनेछ भने मिडिया कर्पोरेट दौड ५ किलोमिटरको हुनेछ ।

हाफ म्याराथनतर्फको विजेताले ५० हजार र स्कुटर प्राप्त गर्नेछन् । उपविजेताले ३० हजार पाउनेछन् भने तेस्रो हुनेले २० हजार हात पार्नेछन् । छैटौँ हुनेसम्मका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।

ह्विलचियरतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँच हजार पाउनेछन् । कर्पोरेटतर्फको विजेताले भने थाइल्यान्डको थ्री नाइट फोर डेजको प्याकेज भ्रमण पाउनेछन् ।