देउवाले अन्तरघातीलाई कारवाही गर्ने

देउवाले अन्तरघातीलाई कारवाही गर्ने


नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्ने बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषद्द्वारा शनिबार विराटनगरमा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई सम्मान गर्दै उनले अन्तरघातीलाई कारवाही गर्दा पार्टी रित्तिए अथवा आगामी निर्वाचनमा पराजित भए पनि कारवाहीबाट पछाडि चाहिँ नहट्ने प्रतिबद्धता जनाएका हुन् ।

पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गर्दै आन्तरिक प्रजातन्त्र भने अहिलेसम्मै सबैभन्दा बढी भएको देउवाले दाबी गरे । विगतमा डरले बोल्न नसक्ने आफू सभापति भइसकेपछि पार्टीभित्र र बाहिर निर्धक साथ बोल्न थालेको खुलासा पनि उनले गरे ।

निर्वाचनमा पार्टीकै नेतालाई हराएर आफूलाई बहादुर ठान्ने काङ्ग्रेसभित्र रहेको बताउँदै सभापति देउवाले विगतमा मोरङ क्षेत्र नं ६ अन्तर्गतका संसदीय र प्रदेशसभा निर्वाचनमा दुई विजयी सांसदले अन्तर्घात गरी संसद्का उम्मेदवारलाई पराजय भोग्न बाध्य पारेको दाबीसमेत गरे ।