भक्तपुरको पर्यटन विकासको बाधक ठमेल बन्यो : पर्यटन व्यवसायी

भक्तपुरको पर्यटन विकासको बाधक ठमेल बन्यो : पर्यटन व्यवसायी


काठमाडौँबाट ३२ किलोमिटर दूरीमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट आकर्षक गन्तव्य भए पनि पर्यटनको माध्यमबाट अपेक्षित लाभ लिन सकेको छैन ।

राजधानीको निस्सासिँदो वातावरणबाट रमणीय क्षेत्रमा पुगेर आनन्द लिने इच्छा कसलाई पो नहोला । त्यसको लागि उपयुक्त गन्तव्य नगरकोट नै हो । रमणीय वातावरण, डाडाँकाडा र त्यहाँबाट देखि हिमशृङ्खलाका मनोरम दृश्यले जोकोही आगन्तुकलाई सहजै आकर्षण गर्छ ।

समुद्री सतहदेखि करीब दुई हजार १७५ मिटर उचाइको नगरकोट सूर्योदय तथा सूर्यास्त र सगरमाथादेखि अन्य चर्चित हिमालको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य पनि नगरकोट हो । यहाँबाट सगरमाथा, अन्नपूर्ण, मकालु, गणेश, लाङटाङ, जुगल, रोलवालिङलगायतका क्षेत्रको हिमालको रमणीय दृश्य देख्न सकिन्छ ।

अन्तर निकायबीच समन्वयको अभाव, पूर्वाधार विस्तार तथा बजार व्यवस्थापनसँगै पर्यटकको बसाइँ लम्ब्याउने वातावरण बनाउन नसकेका कारण नगरकोटको पर्यटनले पर्याप्त विकास हुन नसकेको सरोकारवालाको भनाइ छ ।

राष्ट्रिय सञ्चार केन्द्रले हालै नगरकोटमा आयोजना गरेको ‘भक्तपुरको पर्यटन विकासका सम्झावना र अवसर’ विषयक अन्तरक्रियाका वत्ताले नगरकोट क्षेत्रको समग्र पर्यटन विकासका लागि एकीकृत योजनाका साथ प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने धारणा राखेका थिए ।

भक्तपुरका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा नगरकोट पर्छ । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र तथा चाँगुनारायणमा पर्यटकको घुइँचो लाग्ने गर्छ । तर त्यहाँ पुगेका पर्यटकलाई त्यस क्षेत्रका अन्य ठाउँमा र्पुयाएर बसाइ अवधि लम्ब्याउने कुनै योजना छैन । त्यसैले ती गन्तव्यमा पुग्ने पर्यटक एकरदुई घण्टा समय बिताएर एक बोतल पानी, चिया र कफीकै भरमा फर्कने गरेको बताइन्छ । भक्तपुरका हरेक गन्तव्यमा एकरएक दिन बस्ने वातावरण बनाउनसके पर्यटनबाट आम्दानीका साथै प्रशस्त रोजगारी सिर्जना हुने निश्चित छ ।

भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले भक्तपुर आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन नसक्नु प्रमुख चुनौती भएको बताउँछन् । ‘भक्तपुर आउने पर्यटकले चिया र कफीबाहेक अन्य खर्च गर्दैनन् एक–दुई घण्टा घुमेर जान्छन्, उनीहरुको बसाइ लम्ब्याएर खर्च गराउने वातावरण बनाउन सबैको ध्यान जान जरुरी छ’, उनले भने । उनले भक्तपुर र आसपास क्षेत्रको पर्यटन विकासका लागि केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र पनि भक्तपुर आएर दुई घण्टा बिताउने पर्यटक केहीले पानी र कतिपयले कफी मात्र पिएर फर्कने गरेको भन्दै पर्यटकको कम्तीमा एक दिन बसाइ लम्ब्याएर आर्थिक लाभ लिने अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गर्छन् । उनका अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७/७६ मा करीब ३२ हजार पर्यटक नगरकोट घुम्न पुगे । एक विदेशी पर्यटकबाट रु एक हजार ५०० शुल्क लिने गरिएको छ । भक्तपुर नगरपालिकाले पर्यटनबाट वार्षिक करीब रु ३० करोड राजश्व उठाउने गरेको छ । भक्तपुर आउने एकतिहाई पर्यटक नगरकोट पुग्ने गरेका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रचुर सम्भावनाका बीच ओझेलमा परेको भक्तपुरको पर्यटन विकासका लागि वहुआयामिक क्षेत्रलाई समेटेर गुरुयोजनासाथ प्रवर्द्धनको काम अघि बढाइनुपर्नेमा जोड दिए ।

चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष सन्तबहादुर तामाङले नगरकोटको पर्यटन प्रवर्द्धनका लागि विशेष प्राधमिकता दिएको, सुन्दर, स्वच्छ र व्यवस्थित शहर बनाउनका लागि बसपार्क, घरटहरा व्यवस्थापन आदि काम अघि बढाइएको जानकारी दिए । होटल व्यवसायी गोकुल लामिछानेले पूर्वाधार अभाव सडक यातायातको दुरवस्थाले पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन् । राससका अनुसार होटल मेरिगोल्डका प्रबन्ध निर्देशक लामिछानेले विगत छ वर्षदेखि नगरकोट जाने बाटो लथालिङ्ग अवस्थामा रहेको, खानेपानी, ढल निकासजस्ता समस्या चुनौतीपूर्ण बनेको उल्लेख गरे ।

नगरकोट क्षेत्रमा साना–ठूला गरी करीब ५० होटल सञ्चालनमा छन् । आन्तरिक पर्यटकले धानेको नगरकोटमा विदेशीको आकर्षण पनि बढ्दो छ । वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक पुग्ने गरेका छन् । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जितराम लामाले भक्तपुरको पर्यटनलाई विश्व बजारमा पुर्याउन सूर्यविनायकमा खुला चिडियाखाना, नगरकोटमा ‘भ्यूटावर’जस्ता पूर्वाधारका कामलाई सरोकारवाला निकायले तत्काल अघि बढाउनुपर्नेमा जोड दिए । भक्तपुरलाई नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यहाँका सबै नगरपालिकाले गुरुयोजनका साथ अघि बढ्नुपर्ने उनको सुझाव छ ।