अष्ट्रेलियाको प्रधानमन्त्रीमा मोरिसन निर्वाचित

अष्ट्रेलियाको प्रधानमन्त्रीमा मोरिसन निर्वाचित


स्कट मोरिसन फेरि पनि अष्ट्रेलियाको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मोरिसनले पुनः कन्जरभेटिभ गठबन्धनलाई नै छानेको भन्दै आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी अर्थात अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । बीबीसीका अनुसार शोर्टनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा गरेको जनाएको छ ।

शनिबार अष्ट्रेलियामा आम चुनावका लागि मतदान भएको हो । आफ्नो नेता छान्नका लागि १.६४ करोड मतदाताले मतदान गरेका थिए । यसलाई मोरिसनको चमात्कारित जित मानिएको छ ।