‘निर्वाचन प्रणालीलाई प्रविधि मैत्री बनाइने’

‘निर्वाचन प्रणालीलाई प्रविधि मैत्री बनाइने’


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन प्रविधिमैत्री कार्यक्रम ल्याइने बताएका छन् ।

आयोगले निर्वाचन कार्यालय बिराटनगरका प्रमुख र कर्मचारीलाई लक्ष्य गरी शुरु गरेको चारदिने प्रशिक्षण कार्यक्रममा उनले प्रविधिको अधिकतम उपयोग गरी सुधार कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई निष्पक्ष र जनताको विश्वासिलो बनाउन आवश्यक सुधार गर्दै जाने बताए । प्रदेश नं १ अन्तर्गतका आयोगका सहभागी कर्मचारीलाई निर्वाचन प्रचारप्रसार खर्च, निर्वाचन विवाद निरुपण, राजनीतिक दल दर्ता तथा आयव्यय विवरण, निर्वाचन जोखिम व्यवस्थापन तथा मतदाता दर्ता सफ््टवेयर सञ्चालनसम्बन्धी प्रशिक्षण दिइने छ ।