कास्कीमा असिनापानी, पाँच करोडको क्षति

कास्कीमा असिनापानी, पाँच करोडको क्षति


कास्कीमा आज वर्षासँगै असिना परेपछि जनजीवन प्रभावित बनेको छ । मसुलधारे वर्षापछि यहाँका धेरैजसो ठाउँका सडक जलमग्न भएका थिए ।

असिनाले बालीनालीमा समेत क्षति पुगेको छ । किसानले लगाएको तरकारी बाली नष्ट भएको छ । यसअघि गत वैशाखमा असिना पर्दा कास्कीमा रु पाँच करोडभन्दा बढीको क्षति भएको थियो । पाँच दिनदेखि कास्कीमा निरन्तर वर्षा भइरहेको छ ।