तिनाउमा झाडापखालाको प्रकोप, एकै गाउँका ९५ बिरामी

तिनाउमा झाडापखालाको प्रकोप, एकै गाउँका ९५ बिरामी


पाल्पाको तनिाउ गाउँपालकिा–४ बोउरीडाँडामा झाडापखालको प्रकोप फैलिएको छ । बोउरीडाँडाका सिमबहादुर ठाडाको आमाको १३औँ दिनको सुद्दीभोग खाँदा ९५ जना झाडापखालबाट बिरामी भएका हुन् । झाडापखालका १० जना बिरामी तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य बिरामीको उपचार बरीडाँडामा स्वास्थ्यकर्मीको टोलीले गरिरहेको छ ।

एकाइ स्वास्थ्य प्रमुख विन्दु थापाका अनुसार झाडापखालाका बिरामीलाई स्लाइनपानी चडाएर औषधी उपचार भइरहेको छ । आज अपराह्न २ बजेतीर स्वास्थ्यकर्मीको टोली बस्तीमा पुगेर उपचारमा सक्रिय भएका छन् ।

वडाध्यक्ष दानबहादुर गाहाले अहिले बस्तीमा दुई टोली स्वास्थ्य र गाडीको व्यवस्थापन मिलाएको बताए । बिरामीलाई झाडाबान्ता, पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र रिगाँउने समस्या देखिएको एकाइ स्वास्थ्य प्रमुख थापाले बताए ।