नेकपा सचिवालय बैठक बालुवाटारमा, पोलिटव्युरोको टुंगो लाग्यो

नेकपा सचिवालय बैठक बालुवाटारमा, पोलिटव्युरोको टुंगो लाग्यो


तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको भोलि (शुक्रबार) एक वर्ष पुग्दै छ । पार्टी एकताको वर्ष दिनमा पोलिटब्युरो सदस्य चयन र जनसंगठनको एकता टुंग्याउन अहिले र नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ ।

बैठकमा सचिवालय सदस्य वामदेव गौतमबाहेक अन्य आठैजना उपस्थित छन् । बैठकमा सचिवालय सदस्यहरूमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी छन् ।

पार्टी एक भएको घोषणा गर्दा तीन महिनाभित्र सबै क्षेत्रमा एकताको टुंगो लगाउने भनिएको थियो । भोलि पार्टी घोषणाको एक वर्ष पुगेको अवसरमा सबै एकताको घोषणाको गर्ने तयारीस्वरूप बैठक बसेको बताइन्छ ।

पार्टी एकता भएअनुसार नेकपाको जिल्लास्तरीय एकता भने घोषणा भइसकेको छ । जसमा अध्यक्ष पूर्वएमालेबाट भएका जिल्लामा सचिव पूर्वमाओवादीबाट र पूर्वमाओवादीबाट अध्यक्ष भएका जिल्लामा पूर्वएमालेबाट सचिव बनेका थिए ।

यसैगरी पार्टीमा शक्तिशाली मानिने पोलिटव्युरोमा रहनेहरूको पनि नाम टुंगो लागिसकेको छ । वरिष्ठ नेता माधनकुमार नेपालको सहमतिमा अध्यक्षद्वय केपी शर्मा होली र पुष्पकमल दाहाल प्रचण्डले पोलिटव्युरो सदस्यहरूको नाम बुधबार टुंग्याएका हुन् । जसलाई आजको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

आठ जनवर्गीय संगठनमा पूर्वएमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने भएका छन् ।

१४७ सदस्यीय रहने पोलिटव्युरोमा भने पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना रहने गरी सहमति गरिएको छ ।

पूर्वएमालेबाट पोलिटव्युरो रहने ८१ मा केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, किरण गुरुङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, विष्णु रिमाल, युवराज ज्ञवाली, रघुजी पन्त, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, सुवास नेम्वाङ, अरुण नेपाल, काशिनाथ अधिकारी, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशु मेघी गुरुङ, पशुपति चौलागाईं, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राधा ज्ञवाली, रामप्रीत पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौरा प्रसाईं कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, डा. वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुधन महतो, शेरधन राई, राजेन्द्र पाण्डे, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, घनेन्द्र बस्नेत, देवराज घिमिरे, खगराज अधिकारी, धर्मनाथप्रसाद साह, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी, विजय सुब्बा, शेरबहादुर तामाङ, बैजनाथ चौधरी, केशवलाल श्रेष्ठ, सुशीला नेपाल, जयन्ती राई, कल्याणी खड्का, गरिमा शाह, चूडामणि जंगली, नजिर मियाँ, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव र गौरी ओली रहेका छन् ।

यसैगरी पूर्वमाओवादीबाट पोलिटव्युरोमा रहेने ६६ जनामा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीननाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, ओनसरी घर्ती, प्रभु साह, प्रह्लाद बुढाथोकी, सुनील मानन्धर, सुरेन्द्र कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, झक्कु सुवेदी, हरिराज अधिकारी, सुरेशकुमार राई, शशि श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, टेकबहादुर बस्नेत, खगराज भट्ट, महेश्वर गहतराज, अञ्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, सूर्यप्रसाद सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, रामचन्द्र झा, दिलीप प्रजापति, श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्मर काङवाङ र सुरेश आलेमगर रहेका छन् ।