दुई अंकभन्दा बढीले घट्यो नेप्से

दुई अंकभन्दा बढीले घट्यो नेप्से


सेयर बजारमा बिहीबार कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अंकले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अंकले घटेर २८१.४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार बिहीबार कुल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता सेयर रु. ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कुल ११ उपसमूहमध्ये बिहीबार पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ ।

नेप्सेका अनुसार विकास बैंक २१.२५, वित्त २.८४, निर्जीवन बिमा २७.२७, उत्पादन ९९.७४ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको हो । यस्तै बैंकिङ ८.२४, होटेल १२.५६, जलविद्युत् १.१३, अन्य ०.३१, लघुवित्त ५.२३ र जीवन बिमा १२.४० अंकले घटेको छ । कारोबारका आधारमा आज शिवम सिमेन्ट शीर्ष स्थानमा पुगेको छ । लगातार उकालो लाग्दै आएको शिवमको सेयर प्रतिकित्ता रु. ५७२ मा रु. १३ करोड ४१ लाख आठ हजार ४१५ मा कारोबार भयो ।

यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु. ३१९ मा रु. ६ करोड ८१ लाख २१ हजार ३००, एनसीसी बैंकको प्रतिकित्ता रु. २६० मा रु. पाँच करोड २१ हजार ३९९ मा कारोबार भयो । कृषि विकास बैंकको रु. चार करोड ८१ लाख २० हजार ९३३, एसिएन लाइफ इन्स्योरेन्स कम्पनीको रु. तीन करोड ६८ लाख ८९ हजार ६००, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु. तीन करोड ५७ लाख २९ हजार २२८ मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार शिवम सिमेन्टका सेयरधनीले आज पनि दश प्रतिशतले कमाए । मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, कर्णाली डेभलपमेन्ट बैंक ९.१८, आईएमई जनरल इन्स्योरेन्स ७.०८, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक सेयरधनी ६.३५ र महालक्ष्मी विकास बैंकका सेयरधनीले ५.२१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै कृषि विकास बैंक ३.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ३.८०, प्रोग्रेसिभ फाइनान्स ३.७७, ग्लोबल आईएमई समुन्नति स्किम ३.७६ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३.७४ प्रतिशतले गुमाएका छन् ।