यू–१६ राष्ट्रिय बास्केटबल शुरु

यू–१६ राष्ट्रिय बास्केटबल शुरु


नेपाल बास्केटबल सङ्घको आयोजनामा तेस्रो यू–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता जेठ २ गते बिहीबारदेखि शुरु भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापाले जनाएका छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

जेठ १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू नयाँ बजारस्थित प्राइम कलेजको कोर्टमा हुनेछन् । डाफोडिल पब्लिक स्कुल डिफेन्डिङ च्याम्पियन हो भने पहिलो संस्करणको उपाधि धरानको डिपो स्कुलले जितेको थियो । तेस्रो संस्करण पाँच वर्षपछि हुन लागेको महासचिव थापाले जानकारी दिए ।