पत्रकार महासंघले भोलि संसद्अघि विरोध प्रदर्शन गर्ने

पत्रकार महासंघले भोलि संसद्अघि विरोध प्रदर्शन गर्ने


नेपाल पत्रकार महासंघले भोलि (शुक्रबार) नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गर्ने भएको हो ।

महासंघले राजधानीबाहिर पनि मोफसलका जिल्लास्थित सदरमुकाममा सञ्चारसाधनसहित प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने आफ्ना माग सम्बोधन नभएकाले आफू थप आन्दोलित हुनुपरेको महासंघको भनाइ छ ।