भोजपुरमा आगलागी, नियन्त्रणको प्रयास जारी

भोजपुरमा आगलागी, नियन्त्रणको प्रयास जारी


भोजपुरको पोखरे भन्ने स्थानमा अहिले आगलागी भइरहेको छ । भोजपुरस्थित घटना र विचारका संवाददाताले जानकारी गराएअनुसार जिल्लाको सदरमुकामको नजिकै रहेको सो स्थानमा आगलागी भइरहेको छ ।

आज (बिहीबार) दिउँसो १ बजेबाट आगलागी शुरु भएको हो । आगलागी भोजपुर नगरपालिका– ७ स्थित बरबोटे टोलका बखत श्रेष्ठको घरबाट शुरु भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहे पनि सो प्रयास सफल हुन सकिरहेको छैन । आगो नजिकैको घरमा समेत फैलिएको छ ।