दुई सय १० किलो गाँजासहित दुईजना पक्राउ

दुई सय १० किलो गाँजासहित दुईजना पक्राउ


सर्लाहीमा दुई सय १० किलोग्राम गाँजा बरामद गरेको छ । सर्लाहीस्थित दुई अलगअलग ठाउँबाट सो परिमाणको गाँजा बरामद भएको हो ।

लालबन्दी नगरपालिका– ९ मा बेवारिसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको जिपबाट एक सय ५० किलो र लालबन्दी ६ का संगम लामाको घरमा लुकाएर राखेको ६० किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र जानकारी दिए ।

गाँजासहित लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्साको वीरगन्ज महानगरपालिका १८ का १८ वर्षीय सिधु सिंहलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादित गाँजा सर्लाहीका विभिन्न भाग हुँदै भारतीय बजारमा पुग्ने गरेको प्रहरीले जनाएको छ ।