इराकमा लडाकुको आक्रमणबाट ६ प्रहरीको मृत्यु

इराकमा लडाकुको आक्रमणबाट ६ प्रहरीको मृत्यु


इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतंककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रान्तीय शहर किर्कुकको पश्चिम भागमा अवस्थित हविजाह शहरनजिकै आईएस लडाकु समूहले एक सवारीसाधनलाई लक्ष्य गरी गरेको बन्दुक आक्रमणमा परी चार संघीय प्रहरी अधिकृतको मृत्यु भएको हो ।

आक्रमण भएको सो इलाका अफगानिस्तानको राजधानी बाग्दादबाट २५० मिटर उत्तरमा अवस्थित रहेको बताइएको छ ।

किर्कुक शहरबाट ३० किलोमिटर दक्षिणमा पर्ने रसहाद शहरनजिकै रहेको प्रहरी चौकीमा भएको आक्रमणमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका छन् ।

सन् २०१७ को अन्त्यबाट इराकी सुरक्षा बलले गरेको कारबाहीमा परी अतिवादी आतंककारी समूह आईएस देशभरि नै पराजित भएपछि यहाँको सुरक्षा अवस्थामा नाटकीय रूपबाट सुधार भएको थियो ।