एक महिनादेखि बालिका बेपत्ता

एक महिनादेखि बालिका बेपत्ता


एक महिनादेखि बालिका बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ । इलामस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया बालिका सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।

सो दिन दिउँसो स्थानीय हाटबजार मंगलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी उनी नफर्केपछि दाजु (काकाका छोरा) विक्रम फियाकले छरछिमेक तथा आफन्तमा गुहार्नुका साथै प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालयले पनि बालिकाको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताएको छ ।