शुक्रबारदेखि खानी विभागमा ज्वेलरी एक्स्पो

शुक्रबारदेखि खानी विभागमा ज्वेलरी एक्स्पो


भोली अर्थात शुक्रबारदेखि अन्तराष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो सुरु हुने भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो ।

लैनचौरस्थित विभाग परिसरमा हुने एक्स्पोमा ६० वटा स्टल रहने महासंघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । एक्स्पोमा गोल्ड, डायमण्ड ज्वेलरीका ३६ वटा, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी २, रक एण्ड मिनरल्स १२ र एजुकेशन ४ ओटा स्टल रहने महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए ।

तीन दिनसम्म चल्ने मेलामा नेपाली पत्थरको पनि प्रर्दशनी गरिने विभागका महानिर्देशक सोमनाथ सापकोटाले बताए । एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।