बौद्ध–जोरपाटी सडक खण्डमा कालोपत्रे सुरु

बौद्ध–जोरपाटी सडक खण्डमा कालोपत्रे सुरु


अन्ततः बौद्ध–जोरपाटी सडक खण्डमा कालोपत्रे सुरु भएको छ । लामो समयसम्म सडक कालोपत्रे नगरेको भन्दै स्थानीयबासी विरोधमा उत्रिएपछि सडक कालोपत्रे सुरु गरिएको हो । स्थानीयले विगत ६ दिनदेखि लगातार सडक अबरुद्ध गर्दै आएका थिए ।

बुधबारदेखि उक्त सडक खण्डमा कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने लगायतका काम भइरहेको स्थानीयले बताएका छन् । यसअघि समयमा सडक निर्माणमा नहुँदा स्थानीयहरुले सास्ती खेप्दै आएका थिए ।

सरकारले विगत लामो समयसम्म सडक निर्माणमा चासो नदेखाउँदा गर्मीमा धुलो र पानी परेका बेला हिलो भएको भन्दै स्थानीय वासिन्दाले पटक पटक सडक नै बन्द गरेर विरोध जनाउँदै आएका थिए ।