उद्योगमन्त्री र कर्मचारीबीच हात हालाहाल

उद्योगमन्त्री र कर्मचारीबीच हात हालाहाल


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीहरुबीच मन्त्रालयमा धकेला धकेल भएको समाचार प्राप्त भएको छ । कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्री र कर्मचारीबीच घम्साघम्सी भएको हुन पुगेको हो ।

बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका नेपाली काँग्रेस निकट निजामती कर्मचारी युनियनका नेताहरु र मन्त्री यादवबीच तनाव भएपछि धकेला धकेलको अवस्था सिर्जना भएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्री यादवले आफ्नो मन्त्रालयमा कुनै पनि कर्मचारी घुस खाएको प्रमाण ल्याउन अन्य कर्मचारीलाई चुनौती दिएका छन् । निजी सचिव प्रेम आचार्यले घुस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारीको विरोधपछि मन्त्री यादवले अन्य कर्मचारीलाई हल्ला नगर्न आग्रह गरेका थिए । मन्त्री यादवले आफ्नो मन्त्रालयमा घुस र राजनीति गर्ने कर्मचारी आएर हल्ला गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन् ।