बैंक र बिमा कम्पनीबीच प्याकेजमा डिल गर्नुहुँदैन : अर्थमन्त्री

बैंक र बिमा कम्पनीबीच प्याकेजमा डिल गर्नुहुँदैन : अर्थमन्त्री


अर्थमन्त्री डा युवराज खतिवडाले लघु बिमा कार्यत्रमलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । बिमा समितिको ५१औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले वित्तिय उपकरणलाई उत्पादनसँग जोड्नुपर्ने बताए ।

लघु बिमालाई प्रोत्साहन गर्नु जरुरी रहेको मन्त्री खतिवडाको भनाइ थियो । ‘बैंक र बिमा कम्पनीबीच प्याकेजमा डिल गर्ने काम गर्न हुँदैन्’, उनले भने । उनले बैंकले बिमा कम्पनीको बिमालेख बेचिदिने र त्यस वापत बिमा कम्पनीले बैंकमा निक्षेप राख्ने गरेको उल्लेख गर्दै यस्ता गतिविधि सकारात्मक नभएको उल्लेख गरे ।

‘हामी नियामक निकाय हौँ, हाम्रो ध्यान चारैतिर हुन्छ, त्यस्तो कामले अर्थतन्त्रलाई राम्रो गर्दैन, यस्तो गर्नुहुँदैन’, मन्त्री खतिवडाले भने । जोखिम बहन गर्ने बिमा कम्पनी आफै जोखिममा पर्ने देखिएकाले उनले कानूनसम्मत रुपमा ध्यान दिन बिमा कम्पनीहरुलाई आग्रह गरे ।