पारामाउन्टलाई युरो कप फुटबलको उपाधि

पारामाउन्टलाई युरो कप फुटबलको उपाधि


पारामाउन्ट एकेडेमीले प्रथम युरो कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जुनियर फुटबल एकेडेमी (जेएफए) को संयोजनमा काठमाडौं युरो स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पारामाउन्टले काभ्यालाई ३–१ गोलले पराजित गऱ्यो । पारामाउन्टका अनिल तामाङले ह्याट्रिक गरे । काभ्याका अक्षय तिमल्सिनाले सान्त्वना गोल गरे ।

प्रिमियरका आरोभ शर्मा उत्कृष्ट खेलाडी चुनिए भने काभ्याका अंश वस्ती उत्कृष्ट गोलरक्षक बने । फाइनलका ह्याट्रिककर्ता अनिल प्रतियोगिताकै सर्वा्धिक गोलकर्ता बने । प्रतियोगिताभर उनले ६ गोल गरे ।

विजेतालाई जेएफएका प्रमुख प्रशिक्षक प्रज्ज्वलप्रताप क्षेत्री, युरोका अध्यक्ष प्रमोद पाण्डे, युरोका निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बानियाँटारस्थित आयोजककै मैदानमा भएको एकदिने प्रतियोगितामा ८ छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।