आफ्नै कीर्तिमान तोड्दै २३औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा

आफ्नै कीर्तिमान तोड्दै २३औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा


कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पा आज (बुधबार) बिहान ७ बजेर ५० मिनेटमा २३औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

२२औँ पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै कीर्तिमान तोड्दै उनले आज सगरमाथा आरोहणको नयाँ कीर्तिमान रचेका हुन् ।