थप १९ जिल्लामा सहसचिवलाई सीडीओ बनाउने सरकारको तयारी

थप १९ जिल्लामा सहसचिवलाई सीडीओ बनाउने सरकारको तयारी


सरकारले १९ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिवलाई खटाउने भएको छ । सरकारले धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागेको हो ।

हाल दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लामा सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिन लागेको हो । अहिले ती जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था थियो । यसअघि तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्र सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको थियो ।

अब सहसचिव प्रमुख जिल्ला अधिकारी हुने जिल्लाको संख्या ६१ पुग्ने भएको छ । अहिले ४२ जिल्लामा मात्र सहसचिव प्रमुख जिल्ला अधिकारीको रूपमा रहेका छन् ।