विप्लव नेतृत्वको नेकपाका नगरपालिका इन्चार्ज पक्राउ

विप्लव नेतृत्वको नेकपाका नगरपालिका इन्चार्ज पक्राउ


जाजरकोट छेडागाड नगरपालिका– १२ कार्कीगाउँबाट विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् । छेडागाड इन्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले हिजो राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए ।

पुनले नेकपाका कार्यकर्तालाई विभिन्न ठाउँमा पुऱ्याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।