आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेष्ठ २०७६ बुधबार, १५ मे २०१९)





  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वि.सं. २०७६ जेष्ठ १ गते बुधबार तद्अनुसार सन् २०१९ मे १५ तारिख वैशाख शुक्लपक्ष एकादशी तिथि ९ः३८ पर द्वादशी तिथि उत्तराफाल्गुनी नक्षत्र ६ः३८ पर हस्ता नक्षत्र वज्र योग भद्रा करण ९ः३८ पर बालब करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ । अशुभ समय राहु काल– १२ः०० देखि १३ः४२, दिशा शूल– उत्तर । मोहिनी एकादशीव्रतम्, ज्येष्ठ संक्रान्ति, परिवार दिवस ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ संकेत देखापर्ला ।

बृष राशि – शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभ काममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन तथापि आफन्तको सहयोग मिल्नेछ ।

मिथुन राशि – जोखिममा नपर्नु हितकर रहला । समय मिश्रित फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा वृद्धि होला । कर्मपथमा सफलता प्राप्त होला । इष्टमित्र सन्तति बढ्लान् । धन सम्पत्ति र कार्य–व्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै सुखमा वृद्धि हुनेछ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखा परेर आशा उत्साह बढ्नेछ, तर लापर्वाही नगरी काम गर्नु उचित होला । शुभ काममा पनि आकर्षण बढ्ला ।

कर्कट राशि – समय सफलतादायक रहला । विशेष गरी शारीरिक र आर्थिक कार्यमा प्रवृत्त रहनु हितकर रहला । लापर्वाहीप्रति सचेत रहनुपर्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । बोली र व्यवहारमा नियन्त्रण राख्नुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

सिंह राशि – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख–आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घर–परिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

कन्या राशि – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीत–संगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला राशि – भागदौड रहला । यात्रा होला । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक राशि – काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । विकासको रोकिएको काम बन्नेछ । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । आय बढ्नेछ ।

धनु राशि – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान–पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनु हुनेछ ।

मकर राशि – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख–शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ राशि – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । जोखिममा नपर्नु बेस रहला ।

मीन राशि – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । अनावश्यक खर्च र अनावश्यक यात्रामा नियन्त्रण राख्नुपर्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख–शान्ति बढ्नेछ ।

प्रतिक्रिया