चार अभियुक्त पुर्पक्षका लागि थुनामा

चार अभियुक्त पुर्पक्षका लागि थुनामा


कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–७ कलुवापुरका १७ वर्षीय सुविल बडायकको हत्या अभियोगमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आज आदेश दिएको छ ।

अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीय अयोध्या राना, २० वर्षीय प्रमोद राना र १९ वर्षीय शिवानी रानालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का पक्राउ परेका देवसिंह रानालाई रु ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

शिवानी हत्या गरिएका बडायककी पूर्व प्रेमिका हुन् । उनको गत चैत २८ गते गाउँमा विवाह समारोह भइरहेका बेला डिजेमा नाच्ने बेला विवाद भई लखेटेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । प्रहरीले शव क्षत्विक्षत अवस्थामा नजिकैको खोलामा गाडिएको अवस्थामा फेला पारेको थियो ।